सिडिओ कार्यालयले जारी गर्यो सिजको आदेश (हेर्नुहोस सूचना )
मकवानपुर , ३० फागुन । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बर्ड फ्लू देखिएको भन्दै हेटौंडा ७ मा रहेको कुल प्रसाद चौलागाईंको कुखुरा पालेको खोरलाई केन्द्र बिन्दु मानेर त्यसको चार किल्ला भित्रबाट कुखुरा अन्डा र सुली बाहिर नलैजान आदेश जारी गरेको छ ।
केही समय अघि बसेको आपतकालिन बैठक पछि प्रजिअ कार्यालयले त्यस्तो सुचना जारी गरेको हो ।
सचेतता अपनाउन कार्यालयले सर्वसाधारणलाई आग्रह समेत गरेका छन् ।
