संसद बैठक स्थगित
काठमाडौं २९ फागुन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।
पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठन भएको मधेश, थारु आन्दोलनको बारेमा अनुसन्धान गर्न बनेको उच्चस्तरीय आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गदै राजपाले बैठक अवरुद्ध गरेको हो ।
राजाप सांसदहरु उठेर विरोध गरेपछि सभामुख कृष्ण बहादुर महराले १० मिनेटका बैठक स्थगित गरेको घोषणा गरे ।
