वैदेशिक रोजगारलाई मर्यादित बनाउने पहल जारी : मन्त्री विष्ट
काठमाडौं २८ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले पर्याप्त सुधारको कामलाई अघि बढाएको दावी गरेका छन् ।
मन्त्री विष्टले युवाहरुलाई मुलुक भित्रै काम गर्ने वातावरण बनाउन सरकारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक तोक्ने काम गरेको पनि स्पष्ट पारे ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले युवा जनशक्तिलाई विदेश पलायन हुन नपर्ने गरी सरकार देश भित्रै रोजगारीको अवसर सृजना गर्न लागि परेको पनि बताएका हुन् ।
