रापप्रा (संयुक्त) को विधान परिमार्जनसहित अनुमोदित

तु खबर संवाददाता
२०७५ फाल्गुन २८, मंगलवार १६:३१

काठमाडौँ, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को उच्चस्तरीय कार्यसम्पादन समितिको आज बसेको बैठकले अन्तरिम विधान परिमार्जनसहित अनुमोदन गरेको छ ।

गत माघ १७ गते राप्रपा (प्रजातान्त्रिक) र राप्रपा (राष्ट्रवादी) बीच एकताका लागि अध्यक्ष पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेको आधारपत्रानुसार नियमावली, घोषणापत्र, प्रतीकचिह्न, झण्डा, चुनाव चिह्नलगायत विषयमा बैठकमा छलफल भएपछि विधान पारित भएको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए । विधानमा २०५ केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ ।

बैठकले एकीकरण हुनुअगाडि दुई दलमा रहेका केन्द्रीय कार्यसमितिका सदस्यलाई नयाँ कार्यसमितिमा ल्याउने निर्णय पनि गरेको छ । नयाँ कार्यसमितिको नामावली निर्वाचन आयोगमा बुधबार पठाइने भएको छ ।