कांग्रेसको मनहरी–२, दोभानमा क्रियाशिल वितरण कार्यक्रम
मकवानपुर, २४ फागुन । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको आयोजनामा मनहरी–२, दोभानमा शुक्रबार क्रियाशिल वितरण तथा वनभोज कार्यक्रम गरिएको छ ।
नेपाली कांग्रेस मनहरी गाउँपालिका वडा नं. २ का वडा सभापति प्रेमप्रसाद गोङ्वाको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा क्रियाशिल वितरण तथा वनभोज कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिनाले अहिले दुई तिहाईको कम्युनिष्ट सरकारबाट अहिले जनताले अपेक्षा गरेको कुनै कार्य गर्न नसकेको बताउँदै नेतृ डिनाले अहिलेको सरकार गठन भएको एक वर्षमा भ्रष्टाचारको जडको रुपमा अन्तराष्ट्रियस्तरमासमेत बदनाम भैरहेको बताईन ।

कार्यक्रममा अतिथिहरु जिल्ला सचिव बुद्ध लामा, निवर्तमान जिल्ला सभापति रघुरमण न्यौपाने, मनहरी गाउँपालिका संयोजक भरत पराजुली, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, मनहरी गाउँपालिका अध्यक्षका प्रत्यासी शंकर न्यौपाने, सञ्जुराम स्याङ्तान, दिलबहादुर ब्लोन, शान्तिमाया थिङ्गलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
क्रियाशिल वितरण तथा बनभोज कार्यक्रममा पार्टीमा अमुल्य योगदान गर्ने २ नम्बर वडाका ७ बृद्धलाई सम्मान गरिएको थियो भने नेकपासहित विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेकाहरुलाई प्रमुख अतिथि, अतिथिहरुले स्वागत गरेका थिए ।
