महिला संघ मकवानपुरको अन्तर्राष्ट्रिय महिला दिवसमा बृहत अन्तरक्रिया कार्यक्रम
मकवानपुर, २४ फागुन । १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ‘समान दायित्व, समान अवसर’ भन्ने मूल नाराका साथ बृहत अन्तरक्रिया कार्यक्रम भएको छ ।
शुक्रबार नेपाल महिला संघ मकवानपुरको आयोजनामा १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ‘समान दायित्व, समान अवसर’ भन्ने मूल नाराका साथ हेटौंडामा बृहत अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रम महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा अतिथिहरु महिला संघकी केन्द्रीय उपाध्यक्ष सरस्वती अर्याल तिवारी, केन्द्रीय सदस्य माया राना र नारायणी रायमाझी, कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला सदस्य मिरा स्याङ्तान, महिला संघ जिल्ला सदस्य प्रमिला खतिवडा, गिता न्यौपानेलगायतले श्रमिक महिलाको बारेमा मन्तव्य व्यक्त गरेका थिए ।
