काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ४ गते बस्ने
काठमाडौं, २३ फागुन । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ४ गते बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएका हुन् ।
४ गते बस्ने बैठकमा पार्टीको विधानानुसार नियमावली निर्माण, पार्टीको निर्वाचन समिति गठनलगायत समसामयिक विषयमा छलफल तथा निर्णय हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
