नेता बानियाँद्धारा सहकारीलाई ४९ हजारको कम्प्युटर सहयोग

तु खबर संवाददाता
२०७५ फाल्गुन ५, आईतवार १५:१५

मकवानपुर ५ फागुन । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा–१७ बाबुचोक हटियास्थित अंगारेश्वर दुग्ध उत्पादक सहकारी संस्थालाई एकथान कम्युटर सहयोग गरेका छन् ।

उनले प्रदेशसभाबाट पाउने सेवा सुविधा बापतको रकमबाट अंगारेश्वर दुग्ध उत्पादक सहकारीलाई ४९ हजार ५ सयको डेलको कम्प्युटर सहयोग गरेका हुन् ।

नेता बानियाँले सहकारीका अध्यक्ष गोविन्दप्रसाद नेपाल, उपाध्यक्ष सुदिप अर्याल, सदस्यहरु विष्णु सुवेदी, श्रृष्टि बिक, तुलसा अधिकारी, सरिता लामा, व्यवस्थापक धनबहादुर अधिकारीलाई संयुक्तरूपमा कम्प्युटर हस्तान्तरण गरेका थिए ।