समाजशास्त्र केन्द्रीय विभागमा विद्यार्थीहरुले गरे तालाबन्दी

तु खबर संवाददाता
२०७५ फाल्गुन ३, शुक्रबार १५:४६

काठमाडौं ३ फागुन । त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागमा शुक्रबार दिउँसो विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

विभागले गर्न लागेको आंशिक शिक्षकको पदपूर्तिप्रति विरोध जनाउँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीले तालाबन्दी गरेका हुन् ।

अनेरास्ववियु त्रिवि कमिटीका अध्यक्ष मदन विष्ट र अखिल क्रान्तिकारी त्रिवि समिति अध्यक्ष लोकेन्द्र ऐरीले विज्ञप्ति जारी गरी आवश्यक नहुँदा पनि विभागले आंशिक शिक्षकका लागि विज्ञापन गरेकाले प्रक्रिया रोक्न माग गर्दै तालाबन्दी गरेको उल्लेख गरेका छन् ।