वडा अध्यक्ष सिग्देल मार्फत कम्प्युटर वितरण
मकवानपुर ०१ फागुन । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ ले बुधबार आधुनिक राष्ट्रिय मावि तथा हेटौँडा क्याम्पसलाई कम्प्युटर वितरण गरेको छ ।
हेटौँडा क्याम्पसमा वडा अध्यक्ष नविन सिग्देल तथा वडा सदस्य राजेन्द्र बस्ताकोटीको टोलीले क्याम्पस प्रमुख देबचन्द्र मानन्धरलाई ६७ हजार बराबरको २ वटा कम्प्युटर हस्तान्तरण गरेका हुन् भने आधुनिक राष्ट्रिय माविमा विद्यालयका प्रधानाध्यापक विरबंश बैठालाई वडा अध्यक्ष सिग्देलले १० थान कम्प्युटर प्रदान गरेका हुन् ।
कम्प्युटर वितरण गर्दै वडा अध्यक्ष सिक्देलले सामुदायिक विद्यालय तर्फ जिल्लामा निरन्तर प्रथम नतिजा ल्याउन सफल विद्यालयको कम्प्युटर ल्याबको लागि वडाले सहयोग गरेको र आफ्नो वडाभित्र रहेको शैक्षिक संस्थालाई थप उत्कृष्ट बनाउनको लागि आफुहरुले यस्ताखाले कार्यक्रमलाई थप गर्दै लैजाने बताएका छन् ।
