वर्तमान सरकार गतिहीन : वरिष्ठ नेता पौडेल
चितवन, २९ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कामबाट जनतामा निराशा छाएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बेल्दै नेता पौडेलले जनतामा निराशा छाएको बताएका हुन् । उनले भने, “दुई तिहाइका कम्युनिष्ट सरकारले चुस्त दुरुस्त रुपमा फटाफट काम गर्छ भन्ने जनताको अपेक्षा निराशामा परिणत भएको छ ।”
नेता पौडेलले वर्तमान सरकार गतिहीन देखिएको टिप्पणी पनि गरे । उनले भने, “गतिविधि भन्नुपर्दा गति पनि छैन, विधि पनि छैन, मनलाग्दी गर्छ ।” प्रतिपक्ष चुस्त हुँदै सरकारको कामको निगरानीमा लागेको नेता पौडेलले बताए ।
अर्काे एक प्रसङ्गमा उनले पार्र्टीको केन्द्रीय समितिका पदाधिकारी र सदस्य वडा तहवाटै निर्वाचित भएर आउनुपर्नमा जोड दिए । महासमितिले निर्णय गरिसकेको भन्दै उनले केही साथीले वडा तहबाट चुनाव लड्न किन जाने भनेको भए पनि त्यो सम्भावना नरहेको बताए ।
