३ नम्वर प्रदेशलाई वातावरणीय दृष्टिबाट स्वच्छ बनाउँछौँ : वातावरणमन्त्री नेपाल
मकवानपुर २६ माघ । ३ नं. प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले सरकार प्लाष्टिक व्यवस्थित, स्वच्छ र हराभरा प्रदेश निर्माण गर्नको लागि प्रयत्नशिल रहेको बताएका छन् । उनले प्रदेशलाई वातावरणीय दृष्टिबाट स्वच्छ बनाउने अभियानलाई सरकारले महत्वको साथमा हेरेको बताए ।
वातावरण प्रदुषण नियन्त्रणमा प्लाष्टिकमुक्त पुन प्रशोधन उद्योगिहरुको भूमिका विषयमा प्रदेश ३ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयसँगको छलफल कार्यक्रममा बोल्दै मन्त्री नेपालले प्लाष्टिक व्यवस्थित प्रदेश निर्माण गर्न र प्लाष्टिक पुन प्रशोधन गर्ने उद्योगहरु सन्चालन गर्न सरकार, उद्योगी र विज्ञहरु सम्मिलित टिमले छलफल गरेर निष्कर्ष निकाल्ने समेत बताए ।
कार्यक्रममा बोल्दै उद्योगीहरुले रिसाइङ्लिङ गरेर विभिन्न सामानहरु बनाउँदा प्रशोधन खर्च धेरै लाग्ने भन्दै प्लाष्टिक व्यवस्थापन गर्ने कार्यमा सरकारलाई सहयोग गरेकोले सरकारले विद्युत, बैँङ्कको ब्याज र ट्याक्समा सहुलियत दिनुपर्ने बताए ।
