महिला संघ मकवानपुरद्वारा सरकारी रवैयाको विरोधमा कोणसभा
मकवानपुर, २६ माघ । नेपाल महिला संघ मकवानपुरले शनिबार कांग्रेस पार्टी कार्यालय हेटौंडामा वर्तमान सरकारको अधिनायकवादी शैलीको विरुद्धमा कोणसभा कार्यक्रम गरेको छ ।
महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठको सभाध्यक्षता तथा कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमूख अतिथ्यतामा कोणसभा कार्यक्रम भएको हो ।
कार्यक्रममा वक्ताहरुले वर्तमान सरकारको अधिनायकवादी रवैया, संसदीय मर्यादा भंग, आकाशिदो मूल्यबृद्धि, डा. गोविन्द केसीको जायज माग, निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने हत्यारालाई कार्वाहीमा सरकार उदासिन, विना सुविधा जनतालाई अत्याधिक करका बारेमा बोलेका थिए ।
कोणसभामा कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, सचिव बुद्ध लामा र आनन्द कठायत, महिला संघ जिल्ला सचिव निलम देवकोटा, क्षेत्रीय सभापतिहरु तारा कार्की र जानकी लामा, हेटौंडा नगर सभापति लक्ष्मी गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पुर्व प्रधानमन्त्री एवं कांग्रेसका पूर्व पार्टी सभापति सुशिलप्रसाद कोईरालाको तेश्रो स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली सभासमेत गरिएको थियो ।
