भ्रम नफैलाउन नेविसंघ अध्यक्ष खतिवडाको चेतावनी

तु खबर संवाददाता
२०७५ माघ २५, शुक्रबार १७:५१

मकवानपुर । नेविसंघ मकवानपुरका सभापति राजु खतिवडाले आसन्न स्ववियु निर्वाचनको सन्दर्भमा आफ्नो उम्मेदवार नै नउठ्ने भन्दै भ्रम फैलाइएकोमा आपत्ति जनाएका छन् । हाम्रो संगठनका तर्फबाट को उम्मेदवार बन्छन् वा बन्दैनन भन्ने कुरा हाम्रै संगठनले भन्ने हो, यसमा अरुले टाउको दुखाउनु पर्दैन, उनले तु खबरसित भने । स्ववियु निर्वाचनमा मकवानपुर क्याम्पस स्ववियु सभापतिका लाइनमा चर्चामा रहेका एक उम्मेदवारले नेविसंघले उम्मेदवारी नदिने धारणा राखेको समाचार सार्वजनिक भएपछि नेविसंघ जिल्ला सभापति खतिवडा आक्रोशित भएका हुन् ।

 

यो पनि पढ्नुहोस्

मकवानपुर क्याम्पसमा स्ववियु निर्वाचन हुने लगभग पक्का, सभापतिको लागि ७ जना प्रतिस्पर्धामा