मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम हुने

तु खबर संवाददाता
२०७५ माघ २५, शुक्रबार ११:५७
फाइल तस्बिर

हेटौंडा, २५ माघ । ३ नम्बर प्रदेश सरकारको मन्त्री परिषदको बैठक बिहीबार बसेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले ४ वटा निर्णय गरेको छ ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले पेश गरेको प्रदेश सरकारका मन्त्री तथा राजनीतिक नियुक्ति हुने पदाधिकारीको आचारसंहिता पास गरेको छ । त्यसैगरी ४ सामाजिक विकास मन्त्रालय पेश गरेको मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन सम्बन्धि कार्यविधी पास गरेको छ ।

यस्तै आन्तरिक तथा कानुन मन्त्रालयले पेश गरेको प्रदेश विपद कोष सञ्चालन कायविधि २०७५ स्वीकृत गर्नुका साथै दुर्घटना सम्बन्धि आर्थिक सहायता प्रदान गर्ने निर्णय पनि गरेको छ ।

नुवाकोटको घ्याङफेदीमा भएको दुर्घटनाका मृतक २२ जनाको परिवार प्रति परिवारलाई एक लाख रुपियाँको दरले रकम सहायता प्रदान गरिने गत माघ ९ गतेको मन्त्रिपरिषदको बैठकले निर्णय समेत गरेको थियो ।