लिबियामा बन्धक १२ नेपालीको उद्धार गर्न सरकारलाई आग्रह

तु खबर संवाददाता
२०७५ माघ १६, बुधबार १६:४७

काठमाडौं १६ माघ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लिबियामा बन्धक बनाइएका १२ नेपालीलाई तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेको छ ।

बुधबार प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर बन्धक बनाइएका १२ नेपाली युवालाई उद्धार गरी सकुशल देश फर्काउने पहल गर्न र दोषीहरुलाई कारवाही गर्न सरकारसँग माग गरेका हन् ।

कांग्रेसको विज्ञप्तिमा भनिएको छ ‘तिनलाई उद्धार गरी सकुशल देश फर्काउन तत्कालै गम्भीर पहल गरियोस् तथा त्यस्तो स्थिति उत्पन्न गराउन संलग्न दोषीहरुलाई कारवाहीको प्रकृया शुरु गर्न नेपाल सरकारसंग आग्रह गर्दछौं ।’