राष्ट्रियसभाको बैठक स्थगित
मकवानपुर ७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण संघीय संसद राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभाको बैठक यही माघ १४ गतेसम्मका लागि स्थगित भएको हो ।
सोमबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिपक्षी दलका सांसदहरू आफ्नो आसनबाट उभिएको अवस्थामा संसदको कारवाही अगाडि बढाउन नसकिने भएकाले आजका लागि तयार पारिएको कार्यसूचीमा रहेका विषय हटाएर संसद बैठक आगामी माघ १४ गते सम्मका लागि स्थगित गरिएको जानकारी दिए ।
