नेविसंघको कार्यसमिति आजदेखि कामचलाउ

तु खबर संवाददाता
२०७५ माघ ३, बिहीबार १२:१२

काठमाडौं ३ माघ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ११ औँ महाधिवेशनबाट निर्वाचित नैनसिंह महर नेतृत्वको कार्यसमिति विधानत स्वतः भंग भएको छ ।

गत २ भदौमा सकिएको कार्यसमितिको म्याद मातृ पार्टी कांग्रेसले दुईपटक थपेर २ माघसम्म र्पुयाएको थियो । केन्द्रीय कार्यसमिति कामचलाउ भएपछि मातहतका समिति पनि स्वतः कामचलाउ भएका छन् ।

नेविसंघले १२ औँ महाधिवेशन गर्न नसकेपछि पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्ने दिन १० माघसम्मका लागि दैनिक कार्य सञ्चालनको जिम्मेवारी दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले बुधबार विज्ञप्ति जारी गरी १० माघमा बस्ने केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार हुने गरी दैनिक कार्य सञ्चालन गर्न गराउन निर्देशन दिइएको जनाएको छ ।