राप्रपाले देशभर घरदैलो कार्यक्रम सञ्चालन गर्ने
मकवापुर २९ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर घरदैलो कार्यक्रम गर्ने भएको हो । पाटीर्ले आगामी माघ ७ र ८ गते देशभर घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
सम्पूर्ण नेपालीको घरमा पार्टीको एजेण्डा पुर्याउने उद्देश्यले घरदैलो कार्यक्रमको आयोजना गरिएको पार्टीका अध्यक्ष कमल थापाले बताए ।
“जनतालाई विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउने प्रचलन बढ्दै गएको छ, त्यसैले घरदैलो कार्यक्रम आवश्यक छ,” अध्यक्ष थापाले भने ।,
