प्रतिनिधिसभा बैठक बुधबारसम्म स्थगित

तु खबर संवाददाता
२०७५ पुष २२, आईतवार १७:३९
file-photo

काठमाडौं २२ पौष । संघीय संसद प्रतिनिधिसभाको बैठक आगामी बुधबारसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार तिनिधिसभाको बैठकका दिएको सार्वजनिक महत्वको वक्तव्यमाथि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रश्न गर्न माग गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो ।

संघीय संसद सचिवालयमा टाँस गरिएको सूचनामा प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिइएको छ ।