काँग्रेस संसदीय दलको कार्यसमितिमा चार सदस्य मनोनीत

तु खबर संवाददाता
२०७५ पुष १८, बुधबार १६:१०

काठमाडौँ, १८ पौष । नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टी संसदीय दलको कार्यसमितिमा चारजना सदस्य मनोनीत गरेका छन् । नेपाली काँग्रेस संसदीय दलको सचिवालयका अनुसार सभापति देउवाले काँग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४० को धारा १० को उपधारा २ (ग) बमोजिम ललितपुरका उमेश श्रेष्ठ, मोरङका डा. डिला सङ्ग्रौला पन्त, रौतहटका देवप्रसाद तिमिल्सिना र दाङका पार्वता डिसी चौधरीलाई काँग्रेस संसदीय दलको कार्यसमिति सदस्य पदमा मनोनीत गरेका हुन् । देउवाले उनीहरुलाई कार्यसमितीमा आज मनोनीत गरेका हुन् ।