बिपी कप फुटबलको आज फाइनल खेल हुँदै

तु खबर संवाददाता
२०७५ पुष १६, सोमबार १२:१२
file-photo

हेटौंडा, १६ पौष । नेपाली कांग्रेस निकट लोकतान्त्रीक खेलकुद संघले आयोजना गरेको बीपी कप फुटबलको फाईनलमा आज बकैया गाउँपालिकासँग हेटौँड–४ ले खेल्ने भएका छन् । आज दिउसो २ बजे हेटौंडा–४, हुप्रचौरमा हुने खेलमा बकैया गाउँपालिकासँग हेटौंडा–४ खेल्न लागेका हुन् ।

आइतबार भएको सेमिफाइनल खेलमा वियजी हुँदै यी दुई टिम उपाधि नजिक पुगेक हुन् । बकैयाले हेटौंडा वडा नं १ लाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । बकैयाका राजन सापकोटा र सुरेन्द्र राईले क्रमशः ३ र ४० औं मिनेटमा गोल गरे ।

यसैगरी दोस्रो सेमिफाइनल खेलमा हेटौंडा–४ ले वडा नं ९ लाई पराजित गरेको थियो । वडा नं ४ ले हेड टु हेडमा जित हासिल गरेको हो । निर्धारित समयसम्म गोलरहित बराबरी खेलेपछि टाइब्रेकरमा पुगेको खेलमा ४ नं वडाले ६–५ को गोल अन्तरले ९ नं वडालाई पराजित गरेको हो ।

प्रतियोगिताको विजेताले नगद ५० हजारसहित शिल्ड, मेडल, प्रमाणपत्र र उपविजेताले नगद २५ हजार रुपियाँसहित शिल्ड, मेडल, प्रमाणपत्र र विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।