‘ए’ डिभिजन लिग : १२ औं चरणका खेल सोमबारदेखि हुने
काठमाडौँ, १५ पौष । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत १२ औँ चरणका खेल सोमबारदेखि शुरु हुने भएको छ ।
११ औँ चरणको खेलपछि दुई दिनको विश्राम गरेर १२ औँ चरणका खेल सोमबारदेखि शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
सोमबारको पहिलो खेलमा न्यूरोड टिम (एनआरटी) ले मच्छिन्द्र क्लबको सामना गर्नेछ भने दोसो खेलमा फ्रेण्डस क्लबले ब्रिगेड ब्वाइज क्बलसँग खेल्नेछ ।
दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा हुने भएको छ । सोमबार नै हुने तेस्रो खेलमा जाउलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबको समान गर्नेछ । उक्त खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा हुनेछ ।
