बिग बास लिग : तेस्रो खेलमा सन्दीपको टोलीले आज सिड्नीसंग भिड्दै

तु खबर संवाददाता
२०७५ पुष १२, बिहीबार १२:२७
file-photo

काठमाडौं १२ पौष । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आज तेस्रो खेल खेल्दैछ । सन्दीप रहेको टिम मेलबर्न स्टार्सले बिग बास लिगको तेस्रो खेलमा आज सिड्नी सिक्सर्सविरुद्ध उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

आज नेपाली समय अनुसार अपरान्ह २ः०० बजे शुुरु हुने खेलमा घरेलु टोली सिड्नीविरुद्ध मेलबर्न पहिलो जितको खोजीमा हुनेछ भने सिड्नी सिक्सर्स दोस्रो जितको खोजीमा हुनेछ ।

यसअघि पहिलो खेलमा मेलबर्न सिड्नी थण्डर र दोस्रो खेलमा होबर्ट हरीकेन्ससंग पराजित भइसकेको मेलबर्नको लागि यो खेल महत्वपूर्ण समेत रहेको छ । लिगमा मेलबर्न शून्य अंकसहित पुछारमा छ भने २ अंक जोडेको सिड्नी चौथो स्थानमा छ ।