काँग्रेस महासमिति बैठक आज समापन

तु खबर संवाददाता
२०७५ पुष ८, आईतवार १२:१४

काठमाडौँ, ८ पौष । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको नौ दिनदेखि जारी महासमिति बैठक आज समापन हुदैछ ।

आठ दिनसम्म चलेको बैठकको बन्द सत्रमा आज दिउँसोसम्म विधान मस्यौदा प्रतिवेदनमाथि छलफल हुने र त्यसपछि सबै प्रतिवेदन पारित भई आजै बैठक समापन हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

विधान मस्यौदामाथि बोल्ने क्रम विहानै देखि जारी छ । बैठकले विधान मस्यौदा, राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनलाई पारित गर्नेछ ।

विधान बाहेक अन्य प्रतिवेदनमाथिको छलफल भने सम्पन्न भइसकेको छ । महासमिति बैठक गत मङ्िसर २९ गतेदेखी शुरु भएको हो ।