धर्म प्रति आक्षेप लगाउनु गलत हो : मुख्यमन्त्री पौडेल
मकवानपुर ७ पौष । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल धर्म निरपेक्ष राष्ट्र भएको र सरकारले कसैप्रति भेदभाव नराखेको बताएका छन् ।
शुक्रबार हेटौडा नगर खिष्ट्रियन समुदायले गरेको क्रिसमस शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले कुनैपनि धर्मप्रति राज्यको हस्तक्षेप नभएको र जसलाई जुन धर्मप्रति आस्था र विश्वास छ, त्यो मान्न सकिने बताए । पौडेलले भने, ‘धर्म प्रति आक्षेप लगाउनु गलत हो ।’
मुलुक समृद्ध बनाउनको लागि संस्कार र चेतनालाई परिर्वतन गर्नुपर्ने बताए । जसमा यस्ता खालको क्रियाकलाप परिर्वतन हुदैन तव सम्म अगाडि बढ्न नसक्ने बताउदै धर्मको नाममा रहेको विकृति विसंगती हटाउन सबैलाई आग्रह गरे । सबैले सभ्य र सम्मुनत समाज निर्माणमा सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका संयोजक तथा रेभरेन्न पास्टर रामकृष्ण पन्तको अध्यक्षतामा भएको थियो ।
