काँग्रेस महासमिति बैठकको बन्द सत्र शुरु
काठमाडौँ, १ पौष । नेपाली काँग्रेस महासमिति बैठकको बन्द सत्र बिहानदेखि शुरु भएको छ ।
बन्द सत्रमा महामन्त्री डा. शशाङ्क कोइरालाले ‘साङ्गठनिक प्रतिवेदन’, कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको ‘लेखा प्रतिवेदन’ र सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको ‘आर्थिक प्रस्ताव’ पेश गरेका छन् । यी तीन वटै प्रस्तावमाथि आज छलफल हुने भएको छ ।
बैठकमा ७७ जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका गरी एक हजार ७०० भन्दा बढी प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता रहेका छन् । बैठक पुस ३ गते समापन हुने जनाइएको छ । बैठक मङ्सिर २९ गते शुरु भएको हो ।
