नेकपाको स्थायी कमिटीको बैठक शनिबार

तु खबर संवाददाता
२०७५ मंसिर २८, शुक्रबार १४:०८

काठमाडौँ, २८ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तेस्रो स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ ।

बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धूम्रबाराहीमा बस्ने भएको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

बैठकमा सचिवालय बैठकले गरेका निर्णयलाई अनुमोदन गराउने, सरकारको काम कारवाही, तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्ने र समसामयिक विषयवस्तुमाथि छलफल हुने उनले जानकारी दिए ।