अन्तर प्रदेश परिषदको बैठक सुरु
काठमाडौं २३ मंसिर । नयाँ संविधान बनेर संघीयता लागू भएपछि आज सिंहदबारमा पहिलोपटक अन्तर प्रदेश परिषदको बैठक बसेको छ ।
बैठक आज बिहान ११ बजेदेखि सुरु भएको हो । सिंहदरबारमा बोलाइएको बैठकमा भाग लिन सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौं गएका छन् ।
प्रदेश र संघबीच राजनीतिक अधिकारका विषयमा केही विवादहरु देखिएका कारण ती विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले यो बैठकमा बोलाएका हुन् ।
