‘ए’ डिभिजन लिगको सातौ चरणको पहिलो खेलमा पुलिस र हिमालयन शेर्पा बराबरी

तु खबर संवाददाता
२०७५ मंसिर २२, शनिबार १६:०३
file-photo

काठमाडौं २२ मङ्सिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सातौ चरणको पहिलो खेलमा हिमालयन शेर्पा र पुलिस क्लब बराबरीमा भएका छन् ।

शनिबार भएको सातौ चरणको पहिलो खेलमा हिमालयन शेर्पाले पुलिससँग १–१ गोलको बराबरी गरी दुबै टोलीले अंक बाँडेका हुन् ।

खेलको ३२ औ मिनेटमा पुलिसका भरत साहले अग्रता दिलाएका थिए । तर दोस्रो हाफको खेलको ७० औ मिनेटमा गोल गर्दै हिमालयन शेर्पाका विश्वास श्रेष्ठले बराबरी गरेका हुन् ।

पुलिस ७ खेलबाट ११ अंक जोडेर तालिकाको पाँचौ स्थानमा छ । समान अंक भएपनि गोल अन्तरका आधारमा हिमालयन शेर्पा छैटौ स्थानमा रहेका छन् ।