‘ए’ डिभिजन लिग फुटबलको छैटौँ चरणका खेल आजदेखि शुरु

तु खबर संवाददाता
२०७५ मंसिर १८, मंगलवार १२:१३
file-photo

काठमाडौँ, १८ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि छैटौँ चरणका खेल हुँदैछ ।

लिगअन्तर्गत छैटौँ चरणको पहिलो खेलमा आज एपिएफ क्लब र एनआरटी क्लब प्रतिस्पर्धा गर्ने भएको छ भने अर्को खेलमा नेपाल पुलिस क्लब र सङ्कटा क्लब पनि खेल्ने भएको छ ।

दुबै खेल एन्फा मैदान सातदोबाटोमा हुने भएको छ ।