कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुरु
काठमाडौँ, १३ मंसिर । विधान संशोधन मस्यौदामाथि छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न शुरु भएको बैठकमा पार्टीको विधान संशोधन मस्यौदामाथि छलफल भइरहेको पार्टी कार्यालयले जनाएको छ ।
