न्यूज फलोअप : बैंकको ताला फोड्ने, मनी ट्रान्सफर र वडा कार्यालयको रकम लुट्ने लुटेरालाई प्रहरीले पक्राउ गर्न सकेन
मकवानपुर । भदौ १४ गते राति हेटौंडाको मूख्य बजार क्षेत्रमा एसबिआई बैंक राप्तीरोडमा रहेको आइएमई काउन्टरको ताला फोरी लुटपाट मच्चाउनेलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।
बैंकको सटरको ताला फोरेर लुट्ने प्रयास गरेपछि त्यहाँ असफल दखिएको चोरले फेरि राप्तीरोडको साथीको मनी ट्रान्सफर र १ नम्बर वडा कार्यालयको ताला फोरी लुटपाट गरेको थियो । साथीको मनी ट्रान्सफरको सिसिटिभी अभिलेखमा उसको आकृति कैद भएको छ । यसको आधारमा प्रहरीले खोजीकार्य गरिरहेको भएपनि नतिजा अहिलेसम्म निस्किएको छैन ।
जिल्ला प्रहरी कार्यालय मकवपानपुरका डीएसपी नरेशकुमार सिंहले उसको खोजीकार्य भइरहेको तर निश्कर्ष अहिलेसम्म निस्किन नसकेको बताए । उनका अनुसार, घटनास्थलमा भएका सुराकको आधारमा अनुसन्धान भइरहेको छ । अनुसन्धानबारे अहिलेनै बोल्न नसकिने भएपनि छिट्टै परिणाम निस्कने गरी अनुसन्धान कार्य भइरहेको छ ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ । छिटोभन्दा छिटो अभियुक्तलाई पक्राउ गर्न लागिपरेको समेत जनाएको छ ।
