सिसिटिभी फुटेज– साथीको मनि ट्रान्सफरमा यसरी भयो चोरी

२०७५, १४ भाद्र बिहीबार ०९:१३
Featured Video Play Icon

हेटौँडा, १४ भदौ । मकवानपुरको हेटौँडा १० राप्तीरोड नवलपुर टेम्पो पार्क नजिक रहेको साथीको मनी ट्रान्सफरमा ताला फुटाई रकम लुटिएको छ । मनी ट्रान्सफरमा ७० हजार नगद र रिचार्ज कार्डहरु समेत गरि १ लाख २५ हजारभन्दा बढी रम लुटिएको छ । रकम लुटिएको पुष्टि प्रहरीले पनि गरेको छ । सिसिटिभी फुटेजमा लुटेराले यसरी लुटेको देखिएको छ । हेर्नुहोस् भिडियो–

त्यस्तैसाथीको मनी ट्रान्सफरमा ताला फुटाई रकम लुट्ने र एसबिआई बैँकको सटरको ताला फुटाउने लुटेरा एउटै व्यक्ति भएको समेत देखिएको छ । लुटेराको अनुहार सिसिटिभी क्यामेरामा कैद भएको छ ।

साथीको मनि ट्रान्सफरमा सिसिटिभीमा रेकर्ड भएको फुटेजका अनुसार लुटेराले बिहीबार बिहान २ बजेर ३८ मिनेटमा पसलमा प्रवेश गरेको र २ बजेर ४५ मिनेट जाँदा लुटेर फरार भएको देखिएको छ ।

पछाडि झोला भिरेर सेतो टिसर्ट र कालो हाफ प्यान्ट तथा चप्पलमा भित्र छिरेका लुटेराले गम्साले अनुहार ढाकेको देखिएको छ । हातमा टर्च समेत बोकेर आएको देखिएको लुटेराले सिसिटिभी क्यामेरा तर्फ समेत हेर्न भ्याएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*