साफ च्याम्पिएनसिपमा बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

तु खबर संवाददाता
२०७५ भाद्र २३, शनिबार २०:५३

काडमाडौं २३ भदौ । साफ च्याम्पियनसिपमा आयोजक बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले २–० को गोल अन्तरले बंलादेशलाई पछि पारेको हो ।

खेलको ३३ औं मिनेटमा बिमल घर्ती मगरले नेपाललाई अग्रता दिलाएका थिए । विमलले करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको बल बंगलादेशको गोलरक्षकले हातमै परेको थियो तर, उनले रोक्न सकेनन् र गोलमा परिणत भयो ।

त्यसैगरी निर्धारित ९० मिनेटको अन्तिममा नवयुग श्रेष्ठले गोल गरेपछि नेपालको जित निश्चित भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*