एसिया कप छनौट : नेपालको लगातार दोस्रो हार
मलेसियाको राजधानी क्वालालम्पुरमा भइरहेको एसिया कप छनौटको दोस्रो खेलमा नेपाल युएईसँग ७८ रनले पराजित भएको छ ।
२५४ रनको पिछा गरेको नेपाली टोली ४८.५ ओभरमा एक सय ७६ समेटिएको हो ।
ब्याटिङ तर्फ नेपालका सुवास खुकुरेल र दीपेन्द्र ऐरी बाहेक कसैले राम्रो प्रदर्शन गर्न सकेनन् । खुकुरेलले सर्वाधिक ९७ बल खेल्दै ५० रन बनाए र ऐरीले ६४ बलमा ४० रनको योगदान गरे ।
कप्तान पारस खड्काले १६ रन , ज्ञानेन्द्र मल्लले ४ रन, सागर पुन ३ रन, आरिफ सैफले ३ रन, रोहित पौडेलेले ९ रन , सोमपाल कामीले २७ रन, बसन्त रेग्मीले १२ रन र सन्दिप लामिछानेले २ रन बनाए ।
युएईका लागि एहमह रजाले ४ विकेट, मोहमद् नाभिदले ३ विकेट, आमिर हायातले २ विकेट र असफाक एहमदले १ विकेट लिए । युएइर्काका लागि चिराग सुरीले सर्वा्धिक रन जोडे । उनले ९१ बलमा ६५ रनको योगदान गरेका हुन् ।
बलिङ तर्फ नेपालका लागि स्पिनर सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए ।उनले १० ओभरमा २ मेडनसहित २४ रन दिए । त्यस्तै वसन्त रेग्मीले २, सोमपाल कामीले २ विकेट लिएका हुन् ।
नेपालले अर्को खेल मलेसियासँग शनिबार खेल्दैछ ।
- नयाँ पत्रिकामा समाचार छ ।
