जिल्ला प्रहरी कार्यालयलाई तीन तिरबाट घेरेर रकम लुटियो (हेर्नुहोस् म्याप)
मकवानपुर । मकवानपुर प्रहरीलाई तीन तिरबाट घेरेर गएराति एसबिआई बैंक, साथीको मनी ट्रान्सफर र एक नम्बर वडा कार्यालयमा लुटिएको । वडा कार्यालय र राप्तीरोडमा रहेको साथीको मनी ट्रान्सफरबाट रकम समेत लुटिएको छ भने एसबिआई बैंक लुट्ने असफल प्रयास गरिएको छ ।
मध्य राति लुटेराले एसबिआई बैंकको चार वटै सटर फुटाएको छ भने साथीको मनी ट्रान्सफरबाट रकम र रिचार्जकार्ड लगेको छ । प्रहरी स्रोतका अनुसार, अहिलेसम्मको अध्ययनमा यो मान्छे प्रोफेसनल चोर वा लुटेरा होइन । तर, पनि अनुसन्धान पूरा नभएसम्म खासै केही भन्न सकिने अवस्था नरहेको प्रहरी अधिकारीहरु बताउँछन् ।
लुटेरालाई पक्राउ गर्न प्रहरी लागिपरेको छ । प्रहरी अनुसन्धानले पक्राउ पर्छ पनि । तर, पनि यो सटर फोडेर पैसा लुट्ने काम चाहिँ अचम्मैले भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको वरिपरि टार्गेट गरेरै लुटिएको जस्तो भान हुन्छ, अवस्था हेर्दा ।
ठ्याक्कै जिल्ला प्रहरी कार्यालय अगाडिको एक नम्बर वडा कार्यालय, जिप्रका छेवैको साथीको मनी ट्रान्सफर र केही पर रहेको बैंकको ताला फुटाउनुको अर्थ सामान्य भने मान्न सकिँदैन ।
तर, प्रहरी यसलाई अनप्रोफेसनलको काम हो भन्ने सोचेर अनुसन्धानमा लागिपरेको छ । रकम लुट्ने कार्यमा हालसम्म एक जना मात्र संलग्न भएको सिसिटिभीमा देखिएको छ । अन्य पनि कोही संलग्न छन् कि भनी अनुसन्धान भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयको तीन तिरका व्यवसायिक प्रतिष्ठान र सरकारी कार्यालयमा यस्तो हुनु संयोगमात्र हो वा अरु केही कारण छ त्यो भने अनुसन्धान सम्पन्न भएपछि मात्र थाहा हुनेछ ।
