उद्योग वाणिज्य संघको अतिथि गृह निर्माणस्थलमा भूमिपूजा
मकवानपुर, ५ बैशाख । मकवानपुर उद्योग वाणिज्य संघले पल्पसा सभागृह परिसरमा निर्माण गर्न थालेको अतिथि गृह निर्माणस्थलको भूमिपूजन गरिएको छ । अक्षय तृतीयाको शुभ साईतको अवसर पारेर आज पल्पसा सभागृह परिसरमा संघका अध्यक्ष कृष्ण कटुवाल, पूर्व अध्यक्ष जीवनकाजी माकाजु श्रेष्ठ, पूर्व अध्यक्ष एवम् नेउवामहासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी र पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठबाट संयुक्त रुपमा पूजा गरिएको हो ।
कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो । अतिथि गृह निर्माणकालागि नक्सालगायतको काम अघि बढिसकेको र थप आवश्यक कार्य अघि बढ्दै गरेको सचिव तथा निर्माण समिति संयोजक विष्णुगोपाल महर्जनले बताए ।

अनुमानित ५ करोडको लागतमा निर्माण हुन गईरहेको अतिथि गृहमा ३२ वटा कोठा र एउटा सभाहल हुने संघले जनाएको छ । अतिथि सदन छिटोमा डेढ वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिईएको अध्यक्ष कटुवालले बताए ।
