छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

तु खबर संवाददाता
२०७४ माघ २९, सोमबार ०९:४५

सुरुङ्गा, झापा, २९ माघ । झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी आइतबार साँझ दुई जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईका अनुसार मेचीनगर नगरपालिका–१५ स्थित भित्री सडक खण्डमा मे१त ४०४९ नंको ट्र्याक्टरले मे२प १८८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा सोही ठाउँ निवासी १७ वर्षीय बुद्धिराज लिम्बूको मृत्यु भएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ट्र्याक्टरले विपरीत दिशावाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक गम्भीर घाइते भएकाले उनको भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

यता पूर्व–पश्चिम राजमार्गको झिलझिले सडकखण्डमा भएको सवारी दुर्घटनामा परी इलाम–३ निवासी २६ वर्षीय गंगा गुरुङको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा२ब ११६२ नंको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको युपी ३२ जियू ४६७५ नंको मोटरसाइकल ठोक्ँिकदा मोटरसाइकल चालक गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोही मोटरसाइकलमा पछाडि सवार इलाम फाकफोकथुम–६ निवासी १८ वर्षीय टीका गुरुङ गम्भीर घाइते भएकाले उनको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*