माओवादी केन्द्र थाहा नगर कमिटिको अधिवेशन हुँदै
थाहा नगर, २७ माघ । नेकपा माओवादी केन्द्र थाहा नगरपालिकाको नगर अधिवेशन अहिले हुँदैछ । थाहानगरको जेसीज सभाहलमा शुरु भएको अधिवेशनको माओवादी नेता बलराम बलले उद्घाटन गरेका हुन् ।
अधिवेशनले नयाँ नगर कमिटि चुन्नेछ । कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्ट, विष्णु विष्ट, अरुण रायमाझी, एमालेका राजु नापित लगायतको आतिथ्यता रहेको छ ।
