जिप्रकामा आधुनिक सूचना प्रणाली

तु खबर संवाददाता
२०७४ माघ २७, शनिबार ०९:३३

भोजपुर, २७ माघ । जिल्ला प्रशासन कार्यालयमा आधुनिक सूचना प्रणाली जडान गरिएको छ ।

सेवाग्राहीलाई कार्यालयका सबै खालका सेवा तथा सूचना सहज रुपमा दिने उद्देश्यले सूचना प्रणाली जडान गरिएको सहायक प्रजिअ उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । सूचना प्रणालीबाट कार्यालयको विविध सूचना, नागरिक बडापत्रलगायतबारे सेवाग्राहीले सहज रुपमा जानकारी लिन सक्ने सहायक प्रजिअ न्यौपानेको भनाइ छ । सेवा प्रवाह तथा सूचना प्रणालीलाई अझ सहज बनाउन आगामी दिनमा मोबाइल एप्लिकेसनसमेत सञ्चालनमा ल्याइने तयारी भइरहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*