हेटौँडा, भिमफेदी र गढीका गरि ३ युवक पक्राउ

तु खबर संवाददाता
२०७४ माघ २४, बुधबार १९:१२
तस्बिर–गुगल

मकवानपुर, २४ माघ । मकवानपुरका विभिन्न गाउँपालिका तथा नगरपालिकाका गरि ३ युवकहरु मकवानपुरमा पक्राउ परेका छन् ।

प्रहरीले मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ बस्ने २६ वर्षीय राजकुमार घलान, भिमफेदी गाउँपालिका वडा नम्बर ९ बस्ने १७ वर्षीय सुनिल लामा र हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरा बस्ने १८ वर्षीय जनक सुवेदीलाई पक्राउ गरेको हो । उनीहरुका साथमा लागुऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

माघ २३ गते बिहान करिब साढे ६ बजे ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१५ स्थित रातोमाटे चेकपोष्ट लोकमार्गमा हेटौडाबाट पथलैया तर्फ जाँदै गरेको ना.५ ख.२७७० नम्बर को यात्रुबाहक बसलाई रोकी जाँच गर्ने क्रममा सोही बसमा सवार राजकुमारलाई पक्राउ गरिएको हो ।

उनले बोकेको कालो रङको झोला भित्र कागजमा प्लाष्टिकको डोरीले बाँधि लुकाई छिपाई ल्याएको अबैध लागू औषध गाँजा ५ किलो ४०० ग्राम फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई लागू औषध ऐन २०३३ बमोजिम ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै माघ २३ गते नै बिहान १० बजे प्रहरी चौकी भैंसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले भिमफेदी२ स्थित सडकखण्डमा नामटारबाट हेटौँडातर्फ आउँदै गरेको बा. २ ख.६५८२ नम्बरको यात्रुबाहक बसलाई रोकी जाँच गर्ने क्रममा सोही बसमा सवार सुनिल र जनकलाई पक्राउ गरिएको हो ।

उनीहरुको शरिर खानतलासी गर्दा सुनिलले साथमा बोकेको झोलामा लुकाई छिपाई ल्याएको अबैध लागू औषध गाँजा २०० ग्राम फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई पनि लागू औषध ऐन २०३३ बमोजिम ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*