पोखरीमा डुबेर महिलाको मृत्यु

तु खबर संवाददाता
२०७४ माघ १७, बुधबार १३:२६

गौशाला, १७ माघ । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा मंगलबार पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एकडारा गाउँपालिका–२ बस्ने रामसेवक भण्डारीकी पत्नी ६० वर्षीया शान्तिदेवी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताउनुभएको छ ।

शारीरिक रुपमा अपाङ्ग रहेकी भण्डारी शौचका लागि वनमा गएको र एकडारा–२ मै अवस्थित पोखरीमा सरसफाइका लागि गएको बेला उनको पोखरीमा चिप्लँदा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो ।

मृतक महिलाको शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*