स्वर्गीय पिताको पुण्यतिथिमा मामाघरलाई कम्प्युटर सहयोग
मकवानपुर, १७ माघ । मकवानपुर बहुमुखी क्याम्पसका लेखा नियन्त्रकका रुपमा कार्यरत निरञ्जन पराजुलीले मामाघर नेपाल मकवानपुरलाई एक थान कम्प्युटर सहयोग गरेका छन् ।
आफ्ना स्वर्गीय पिता सिताराम उपाध्याय पराजुलीको प्रथम पुण्यतिथिको अवसर पारेर उनले कम्प्युटर १ थान, यु.पि.एस. १ थान, दालमोठ ५ पाकेट, चाउचाउ १ कार्टुन, बिस्कुट १ कार्टुन, कापीकलम १–१ दर्जन सहयोग सहयोग गरेको मामाघर नेपाल मकवानपुरले जनाएको छ ।
