युवा विचलन नियन्त्रणका लागि मकवानपुरको निबुवाटारमा प्योर लभ अभियान

तु खबर संवाददाता
२०७४ माघ १५, सोमबार २०:३४

मकवानपुर, १५ माघ । सिद्धान्त अनुसन्धान महाविद्यालय संघ नेपाल (CARP Nepal) ले युुवावर्गमा वर्तमान समयमा आईरहेको विचलनमा सुधार ल्याउने उद्देश्यसहित ‘प्योर लभ नेपाल’ अभियानलाई विभिन्न क्षेत्रमा पुराउने क्रममा मकवानपुरको निबुवाटारमा कार्यक्रम गरेको छ ।

संघले सोमबार भिमफेदी गाउँपालिकाको निबुवाटारमा रहेको श्री बाराही माविमा कक्षा ९ र १० मा अध्ययनरत ९८ जना विद्यार्थीहरुलाई परामर्श सहित प्रशिक्षण कार्यक्रम गरेको हो । संघका सदस्यहरु सानुकान्छा घलान, चन्द्रबहादुर सुनार, अनिशा बल, जीवन घलान र नमराज ब्लोनले प्रशिक्षण दिएको कार्यक्रममा ‘प्योर लभ नेपाल’ विषयमा रहेर युवाहरुका विभिन्न विचलनका समस्या र त्यसलाई रोक्ने उपायहरुको चर्चा गरिएको संघको हेटौँडा शाखाले जनाएको छ ।

‘नैतिकता र पवित्रता मानव शक्ति र व्यक्तित्व हो । अनैतिक कार्यले मानिसको अन्तस्करणको शक्तिलाई ह्रास गर्ने मात्र होइन सवल र आदर्श परिवार, समाज र राष्ट्र निर्माणको लक्ष्यलाई नै रोकिदिन्छ । अनैतिकताले परिवार विखण्डन, सामाजिक अपराध बढिरहेको मात्र होइन सामाजिक उन्नयन र आर्थिक समृद्धिको ढोका पनि बन्द गरिदिन्छ भन्ने तथ्यलाई प्रशिक्षणमा जोड दिएको थियो ।

प्रशिक्षण्मा सोही विद्यालयमा अध्ययनरत छात्रछात्राहरुको प्रशिक्षणमा सिकेका कुरालाई व्यवहारमा लागु गर्ने बताएको संघका जिल संयोजक सुवाश लामाले जानकारी दिए ।

कार्प नेपालले नैतिक–सामाजिक उत्थान एवं नैतिकता, पवित्रता, मानव जिम्मेवारी र पूर्नस्थापनाको सिद्धान्तका बारेमा तथ्यपूर्ण र यथार्थपरक ज्ञानमूलक, सेवामूलक र चेतनामूलक कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*