बाटोको मर्मत गर्न आफै जुटे पदमपोखरीका युवाहरु

तु खबर संवाददाता
२०७४ माघ १५, सोमबार २०:०१

–चन्द्र घलान

मकवानपुर, १५ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का युवाहरु बाटो मर्मतका लागि आफै लागि परेका छन् । पदमपोखरीमा स्थापित नवयुवा सक्रिय समूहको सक्रियतामा युवाहरुसहित त्यहाँका स्थानीयहरु मिलेर बाटो मर्मत सम्भार गरेका हुन् ।

१२ नम्बर वडाको बेलडाँडादेखि मिलन चोकसम्मका क्षेत्रमा बाटो खाल्डो पर्नुका साथै वटासिल समेत सकिएर बाटो बिग्रिएपछि युवाहरु मिलेर खाल्डो पुर्नुका साथै सरसफाई गरिएको स्थानीय दिपेश तामाङले तु खबरलाई जानकारी दिए । बाटो मर्मतमा तामाङसहित स्थानीय युवाहरु प्रजय घलान, एकलाल घलान, सुदर्शन लोप्चन, जीवन लामा, मंगल लामा, सरोज कार्की, असल लामा,तिर्थ लामा, अनिल लामा, बिनोद लामा, बिधान लामा लगायतकाले सहयोग गरेका थिए । त्यस्तै स्थानीय बुद्धिजीवीहरुमा कृष्ण घलान, बाबु लामा, बिरबहादुर लामा, तुलबहादुर लामा लगायतको पनि सहभागिता रहेको थियो ।

बाटो मर्मतका लागि प्रत्येक घरधुरीबाट र त्यहाँको रुटमा चल्ने बस तथा अटोहरुसँग समेत आर्थिक सहयोग जुटाएर गिट्टी बालुवा हाल्नुका साथै सडक सम्याउने र सिमेन्ट ढलान गरिएको छ । बाटो बिग्रिएर अटो, बस, मोटरसाईकल लगायतका सवारी साधनलाई आवत जावत गर्न गाह्रो हुनुका साथै धुलो उड्ने समस्या बढेपछि समूहको सक्रियतामा युवाहरु आफै बाटो बनाउन जुटेको तामाङले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*