सडक दुर्घटना र अपराधिक क्रियाकलाप कम गराउन ट्राफिक तालिम
चितवन, १५ माघ । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरको अनुरोध तथा प्राज्ञिक विद्यार्थी परिषद नेपाल चितवनको सहकार्यमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा आयोजित ट्राफिक अभिमुखीकरण तथा लागू पदार्थ दुव्र्यसन सम्बन्धी एकदिवसीय प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
विद्यार्थीहरुलाई लागू औषध तथा सडक शिक्षा सम्बन्धमा जानकारी गराई उनीहरुमार्फत घर–घरमा लागूऔषध तथा ट्राफिक शिक्षा पु¥याउने र सडक दुर्घटना लगायतका अन्य आपराधिक गतिविधिहरु नियन्त्रण गर्ने योजना बमोजिम आयोजना गरिएको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक दिपक थापाले लागू औषध दुव्यर्सन, दुव्र्यसनीको वर्तमान अवस्था, समाजमा परेको प्रभाव र कानुनी प्रावधानका सम्बन्धमा तथा प्रहरी निरीक्षक सन्तोष पन्तले सवारी दुर्घटनाको वर्तमान अवस्था र न्यूनिकरणका उपायका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
साथै उक्त कार्यक्रम पश्चात सवारी दुर्घटना न्यूनिकरण, वातावरण संरक्षण तथा सडक सुरक्षा सम्बन्धी प्लेकार्डसहित उक्त क्याम्पसदेखि चौविसकोठीसम्मको जनचेतनामुलक ¥याली समेत आयोजना गरिएको थियो ।
