धारिलो हतियार प्रहार गरि सेक्यूरिटी गार्डको हत्या, एकको ढुङ्गाले लागेर मृत्यू
काठमाडौँ, १५ माघ । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी हाईड्रोपावरको ड्याम साईडमा ग्राउण्डिङ सर्किट गर्ने क्रममा गएराती भिरबाट खसेको ढुङगा लागेर चिनीयाँ सिनो हाईड्रोमा इन्जिनियरको रुपमा काम गर्ने चिनको जिङ सु प्रान्तका ५० वर्षीय सुन लिङ लङको घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
त्यस्तै काठमाडौं महानगरपालिका–२५ मछेन्द्र बहालस्थित टोल सुरक्षामा खटिएका दोलखा मागपौवा घर भएका ५३ वर्षीय तुलबहादुर तामाङको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।
इष्ट टु वइष्ट सेक्युरिटी कम्पनी कोटेश्वर मार्फत खटिएका तामाङलाई गएराति अपरिचित व्यक्तिहरुले टाउकोमा धारिलो हतियार प्रहार गर्दा बेहोश भएकाले उपचारको लागि ट्रमा सेन्टर पठइाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । हतियार प्रहार गर्ने व्यक्तिहरुको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
