तु खबरको वार्षिक उत्सवमा दुई पत्रकार सम्मानित हुने , मकवानपुर जागरण अभियान र तु खबरको साझेदारीमा पुरस्कार प्रदान गरिने
मकवानपुर १५ माघ । मकवानपुर जागरण अभियानले तु खबर डटकम मार्फत अग्रज तथा समकालिन दुई जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । पत्रकारितामा योगदान पुर्याउने समकालिन पत्रकारलाई ५ हजार १ र अग्रज पत्रकारलाई १० हजार १ नगद सहित सम्मान गर्ने भएको हो ।
तु खबर डटकमको वार्षिक उत्सवको अवसरमा फागुन ५ गते हुने कार्यक्रममा सो पुरस्कार प्रदान गर्ने तयारी भएको मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोईरालाले बताए ।
पुरस्कार व्यवस्थापन गर्ने सम्बन्धमा तु खबर डटकमका सम्पादक गिरिजा अधिकारी र अभियानका अध्यक्ष कोईरालाबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
आज भएको सम्झौता अनुसार सो पुरस्कारलाई व्यवस्थित बनाउन पछि अक्षयकोष समेत स्थापना गरिने अभियानका अध्यक्ष कोईरालाले जानकारी दिएका छन् । यस बिषयमा तु खबरलाई थप प्रतिक्रिया दिँदैं कोईरालाले भने -‘पत्रकारिता पुरस्कारबाट थप समाज सुशुचित गर्नको लागि पत्रकारहरुमा नयाँ उत्साह पुग्ने अपेक्षाका साथ अभियानले पुरस्कारको समझदारी गरेको हो । तु खबरका सम्पादक गिरिजा अधिकारीले यस पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकारहरुको सम्मान हुने र समकालिन पत्रकारहरुलाई थप प्रेरणा मिल्ने बताए ।
