धारिलो हतियार प्रयोग गरि गार्डको हत्या

तु खबर संवाददाता
२०७४ माघ १५, सोमबार १३:५७

काठमाडौँ, १५ माघ । काठमाडौँको मच्छेबहालमा गएराति धारिलो हतियार प्रयोग गरी एक सुरक्षागार्डको हत्या गरिएको छ ।

इस्टवेस्ट सेक्युरिटजमा सुरक्षा गार्डका रुपमा कार्यरत दोलखा मावापौवा–२ का तुलबहादुर तामाङको ड्युटीमै रहेका बेला हत्या भएको काठमाडौँ प्रहरीले जनाएको छ ।

असन र इन्द्रचोक बीचमा पर्ने मच्छेबहालमा अचेत अवस्थामा फेला परेका तामाङलाई प्रहरीले ट्रमा सेन्टर पु¥याएलगत्तै मृत्यु भएको थियो ।

तामाङको टाउकोमा धारिलो हतियारले काटिएको र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । सिसी टिभी फुटेजका आधारमा हत्यामा संलग्नको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*